नियम १२क
समितिको सेवामा पुन कायम भएपछि पूरा तलब भत्ता पाउने

कुनै कर्मचारीलाई समितिको सेवाबाट हटाउन वा बर्खास्त गर्न दिइएको आदेश कुनै अदालत वा अधिकारीको निर्णयले रद्द भई सो कर्मचारी समितिको सेवामा पुन कायम भएमा सेवाबाट हटाईएको वा बर्खास्त गरिएको मितिदेखि पुन कायम भएको मितिसम्मको पूरा तलब भत्ता र तलब वृद्धि पाउने भए तलव वृद्धि समेत निजले पाउनेछ ।